हाम्रो रोल्पा नेपाल, सुन्दर रोल्पा नेपाल

  • Startpagina
  • Nederland
  • Rolpaal
  • हाम्रो रोल्पा नेपाल, सुन्दर रोल्पा नेपाल

हाम्रो रोल्पा नेपाल, सुन्दर रोल्पा नेपाल Contactgegevens, kaart en routebeschrijving, contactformulier, openingstijden, diensten, beoordelingen, foto's, video's en aankondigingen van हाम्रो रोल्पा नेपाल, सुन्दर रोल्पा नेपाल, Verbouwingen, हाम्रो रोल्पा नेपाल, सुन्दर रोल्पा नेपाल, Rolpaal.

13/05/2024

आत्म हत्या गर्न कसैलाई
शोक हुदिन हजुर ।
तर केही चोट
यस्तो हुन्छ की
जिन्दगी भन्दा
प्यारो मृत्यु लाग्छ !

05/03/2024

कतै कतै त श्रीमान् ले श्रीमती छोडे जस्तै र श्रीमती ले श्रीमान् छोडे जस्तै भयो होला है फेसबुक हुदा त !

सधैं भरी यसरी नै हासेको देख्न पाउ कहिले पनि आसु को बहार नआउन आतेको सोचेको सबै सपना पुरा होउन जन्म दिन को लाखौ लाख सुभकाम...
28/02/2024

सधैं भरी यसरी नै हासेको देख्न पाउ कहिले पनि आसु को बहार नआउन
आतेको सोचेको सबै सपना पुरा होउन जन्म दिन को लाखौ लाख सुभकामना सैना

रोल्पा जिल्लारोल्पा नेपालको एक पहाडी जिल्ला हो। रोल्पा जिल्लाको क्षेत्रफल एक हजार आठ सय ७९ बर्ग किलोमिटर रहेको छ ।   जिल...
28/05/2016

रोल्पा जिल्ला
रोल्पा नेपालको एक पहाडी जिल्ला हो। रोल्पा जिल्लाको क्षेत्रफल एक हजार आठ सय ७९ बर्ग किलोमिटर रहेको छ ।


जिल्लाको नामाकरण[सम्पादन गर्ने]

"रोल्पा" भनेर चिनिने यो जिल्ला स्थान विशेष "रोल्पाथुम"को कारणले रोल्पा बनेको हो। तर अनौठो कुरा के छ भने अहिले "रोल्पा" भन्ने स्थान रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा पर्दछ। सीमाना हेरफेर गर्ने क्रममा रोल्पाथुमको केही भाग रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा परेको हो। त्यही क्रममा रोल्पाथुमको केही भाग सल्यान जिल्लामा मिलाउँदा "रोल्पा" पनि सल्यान मै छुट्न गएको हो।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]
• देशान्तर: ८३.१० देखि ८३.९० पूर्व
• अक्षांस: २८.८० देखि २८.३८० उत्तर
• उचाई: समुद्र सतहदेखि ७०१ देखि ३६३९ मीटरसम्म
• सदरमुकामको उचाई: समुद्र सतहबाट १३७५ मीटर
• क्षेत्रफल: १८७९ वर्ग किलोमीटर
• सिमाना: पूर्व बागलुङ्ग र प्यूठान, पश्चिम सल्यान, उत्तर रुकुम, दक्षिण दाङ
जिल्लाको इतिहास[सम्पादन गर्ने]
एकीकरण पूर्व अन्य बाइसे-चौबिसे राज्यहरूमा जस्तै यस भेगमा पनि छुट्टै राजाहरूले राज्य गर्दथे। तथापि यहाँका राजाहरूले अन्य राजाहरू जस्तो प्रख्याति पाएको भने सुनिदैनथ्यो। त्यसकोकारण सम्भवतः राज्यको क्षेत्र सानै भएर हुन सक्छ। गजुलकोटमा काठमा लेखिएको वि.सं. १७०३को अभिलेख पाइएबाट त्यहाँ राजदरवार रहेको प्रमाणित हुन्छ। सेन राजा गजुलमा सुरूदेखि नै बसेको भने पाइदैन। गजुल क्षेत्रमा राज्य व्यवस्था त थियो तर त्यहाँ केही समय राजा नभएकोले त्यहाँका काजीहरू राजगुण भएको प्रतिभाशाली व्यक्तित्वको खोजीमा थिए भन्ने जनश्रुति छ। उनीहरूले गजुलमा एउटा पोखरी खन्ने क्रममा नजीकैको चौतारीमा शिरको फेटा फुकालेर जो व्यक्ति बस्छ उसैलाई राजा बनाउने गुप्त सल्लाह गरेका थिए। यस्तैमा जाजरकोट जक्तिपुरबाट आएका तुथासेन त्यही चौतारीमा आई काजीहरूको गुप्त सल्लाह अनुसारको प्रकृतिबाट बसेपछि उनलाई नै राजा बनाइयो।
तुथासेन त्यहाँ आई पुग्ने अवस्था पनि मार्मिक रहेको पाइन्छ जुन यस प्रकार छ- तुथासेन जाजरकोट जक्तिपुरका राजा थिए। उनी निकै धार्मिक प्रकृतिका व्यक्ति थिए। उनका भाईको दुर्भाग्यवश निधन भएपछि विधवा भाइ बुहारीलाई उनले नै विवाह गर्नपर्छ भनी वाध्य गराउन थाल्दा सो कुरा नमानी विरक्तिएर राज्य समेत ब्राम्हणहरूलाई दान गरेर मुक्ति क्षेत्रतर्फ हिडेका बखत सोही क्रममा उनी गजुलकोट आई चौतारामा बसेका रहेछन्। उनले त्यहाँको राजा हुन स्वीकारे पछि उनको विवाह रुकुम दरिजेनमका राजाकी छोरी तुरुवावतीसँग गराइयो। त्यसबखत गजुल राज्य अन्तर्गत १८ गाउँ थिए। तुथासेनका ५/६ पुस्ता पछिका धैर्यपाल गजुल मै राजा भए र उनका भाइ कर्णपाल खुँग्रीकोटका राजा भए। उनलाई राज्य रजौटा उन्मुलन पश्चात् पनि भत्ता उपलब्ध भईरहेको थियो। त्यसरी भत्ता प्राप्त गर्नेअन्तिम राजा भने फत्ते प्रचण्डबहादुर सिंह हुन्। उनको वि.सं. २०४९ सालमा मृत्यु भयो।
वि.सं. २०१८ सालमा नेपालका ३४ जिल्लाहरूलाई ७५ जिल्लामा विभाजन नगर्दा सम्म रोल्पा जिल्लाको वर्तमान क्षेत्र प्युठान र सल्यान जिल्लामा पर्दथ्यो। पछि सात सय सखी, आठ हजार बुढागाउँ, नौसय माडिखोला, रोल्पा बाईसखुवा र कालाशेष थुम (मौजा)का नामले चिनिने वि.सं. २०१८ साल पूर्वको रोल्पा क्षेत्र वि.सं. २०१८ सालमा सल्यान र प्युठानको केही क्षेत्र मिलाई बनाइएको र त्यस वखत ३३ गाउँ पञ्चायत रहेको थियो। पछि वि.सं. २०३४ सालमा सीमाना हेरफेर गरी ५१ गाउँ पञ्चायत बनाइयो । रोल्पामा ५१ वटा गा.वि.स. नै कायम रहेकोमा नेपाल सरकार मन्त्री परिषद्ले २०७१ मंसिर १६ गते लिवाङ र खुमेल गाविसलाई गाभेर लिवाङ नगरपालिका घोषणा भएपछि हाल ५१ गाविस र १ नगरपालिका रहेको छ ।
यातायात[सम्पादन गर्ने]
माडी नदीको पुल २०५२ सालमा नै निर्माण भएकोले सोही वर्षदेखि जिल्लामा लिवाङ-काठमाडौं रात्री बस सेवा तथा छिमेकी जिल्ला दाङको घोराही र भालुवाङवाट दैनिक दिवा वस सेवा नियमित र वर्षामा मौसम अनुकुल साचालन भईरहेका कारण लिवाङसम्म सहजै पुग्न सकिन्छ। यसरी नियमित यातायात (वस/ट्रक) सेवाबाट जिल्लाका व्यापारीहरूलाई आफ्नो सामान ढुवानी र आवत-जावत गर्न सुविधा पुग्नुको साथै सर्वसाधारणहरूलाई पनि जिल्ला बाहिर आवत-जावत गर्न सुविधा पुगेको छ। दाङको भालुवाङदेखि लिवाङसम्मको सडक विसं २०६७ मा कालोपत्र गरिए पछि सवारी आवागमन झनै सहज भएको छ । यो सडकको अतिरिक्त रोल्पा जिल्लाको सदरमुकाम लिवाङ र दाङ जिल्लाको सदरमुकाम घोराहीलाई जोड्ने अर्को सडक जिल्लाको पश्चिमी भागलाई छोएर निर्माण गरिएको छ । होलेरी, नुवागाउँ, गैरीगाउँ तिला, माडिचौर हुँदै लिवाङ पुग्ने यो बाटो भने कच्ची छ । कच्ची बाटो र माडी खोलामा पुल भएको कारणले गर्दा बर्षाद्का महिनाहरूमा भने यो बाटो अवरुद्ध हुने गरेको छ । त्यसै गरी रोल्पाको थवाङलाई जोड्ने सहिद मार्ग निर्माणाधिन छ । यो सडकको घर्तीगाउँसम्म यातायत सेवा सुरु भइसकेको छ ।
नदीनाला[सम्पादन गर्ने]
माडीखोला, लुग्रींखोला, फगामखोला, त्रिवेणीखोला, बोज्याङखोला, शिवाङखोला, धासीखोला, मिरुलखोला, फिवैखोला, पाखापानीखोला, बाँफुखोला, ग्वारखोला, गोठीखोला, हलहलेखोला, जिनावाङखोला, अरहङखोला, पारीवाङखोला, गजुलखोला, जुगाँरखोला, घोडाखोला, कलमखोला, राँक चुरागाढखोला, चक्रीखोला, स्यानीगाढखोला, डाढाखोला, कुटेखोला।
झरना[सम्पादन गर्ने]
सुनछहरी झरना- स्युरी, लहरीखोला झरना- तालाबङ, जायछहरा झरना- राँक,
जात्रा तथा मेलापर्व[सम्पादन गर्ने]
सि.नं. जात्रा तथा मेला जात्रा मेला लाग्ने स्थान जात्रा मेला लाग्ने समय
१ बाराह जात्रा बडाचौर गा.वि.स., बडाचौर मङ्सिर पूर्णिमा
२ श्री बशन्त पंचमी मेला खुंग्री गा.वि.स.-२ चत्तुर्भुज माघ सुक्ल पंचमी
३ शिद्वमेला दुबीडाँडा गा.वि.स., चिन्नेथान कोजाग्रत पूर्णिमा
४ दशैको मेला गजुल गा.वि.स., गजुलकोट बिजयादशमी
५ बराह मेला जेल्बाङ गा.वि.स., जलजला जेष्ठ पूर्णिमा
६ बाह्र भदौ मेला जुगाँर गा.वि.स., चबिघाट जेष्ठ पूर्णिमा
७ भूम्या मेला
,मिरुल, कुरेली, थवाङ्ग आषाढ संक्रान्ति
८ तिहार मेला
जिनावाङ गा.वि.स.,-पातिहाल्न तिहारको ५ दिन पछी

सदरमुकाम: लिवाङ


नगरपालिका संख्या: १ लिवाङ नगरपालिका

मध्य-पश्चिमाञ्चल

राप्ती :
• दाङ • प्युठान • रोल्पा • सल्यान • रुकुम

रुकुममा १५ महिने दुधे बालकसहित आमाको विभत्स हत्यागणेश सिर्पाली/वैशाख ८, रुकुम । रुकुमको खारामा आमाछोराको हत्या भएको छ खा...
21/05/2016

रुकुममा १५ महिने दुधे बालकसहित आमाको विभत्स हत्या
गणेश सिर्पाली/वैशाख ८, रुकुम । रुकुमको खारामा आमाछोराको हत्या भएको छ

खारा ८ मा १५ महिनाको दुधे बालक अमर ओली र ३० बर्षीया आमा गिता ओलीको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । अन्दाजी एक हप्ता अगाडी हत्या गरी घरमै थुनेको अस्थामा उनीहरुको शव ६ गते मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमका इस्न्पिेक्टर पुष्पकमल श्रेष्ठले जानकारी दिए ।

उनीहरुको हत्या कसले र किन गरेको हो भन्ने विषयमा भने खुल्न सकेको छैन । श्रीमान कामको शिलशिलामा भारत रहेको मौकी छोपी आमा छोराको हत्या भएको प्रहरीले बताएको छ ।
बाहिर ताल्चा लगाएको अवस्थामा घर भित्र शव गन्ध आएपछि स्थानियबासीले प्रहरीलाई खवर गर्दा घटना थाहा भएको थियो ।

प्रहरी निरिक्षक श्रेष्ठले धारिलो हतियार प्रयोग गरि हत्या गरेको र उक्त घटनाको अनुसन्धान भैरहेको बताए । उनका अनुसार करिव एक हप्ता अगाडी हत्या भएको हुन सक्छ ।
मृतकको शव हाल जिल्ला अस्पताल सल्लेमा राखिएको छ । साझा सबालबाट

राप्तीकै चर्चित पर्यटकीयस्थल रोल्पाको जलजलामा मेलाको सुरुमाधवकुमार ओली/जेठ ८, रोल्पा । रोल्पाको जलजलामा जेठासी पूर्णिमाक...
21/05/2016

राप्तीकै चर्चित पर्यटकीयस्थल रोल्पाको जलजलामा मेलाको सुरु

माधवकुमार ओली/जेठ ८, रोल्पा । रोल्पाको जलजलामा जेठासी पूर्णिमाको अवसरमा शनिवार जात्रा लागेको छ ।
जलजलामा पुजा गर्न हिजो रातीदेखी नै त्यस क्षेत्रमा चहलपहल सुरु भएको थियो । चार ठाउँमा विशेषगरी बजु बराह, कैलु सतदेव र भामाओडार थानमा पुजा आजा तथा भेडाको बलि दिने क्रम गरिन्छ । वर्षको चार पटक बैशाख, जेठ, साउन र भदौ महिनामा पुर्णिमाको अवसर पारेर जलजलामा विषेश मेला लाग्ने गर्दछ ।

रोल्पा लगायत छिमेकी जिल्ला सल्यान, दाङ, प्यूठान तथा नेपालगञ्जबाट दर्शनार्थीहरु जलजलामा आउने गर्दछन्। यो मेलामा करिब ५ सय बढी भेडाको बली दिने गरिन्छ ।

थारु पछि २२ लाख मगरहरूले गरे डरलाग्दो घोषणाएक घर एक मगर, करिव २ लाख मगरहरू सडकमा उत्रनेमाग सम्बोधन नभए, आन्दोलन थारुको भ...
13/09/2015

थारु पछि २२ लाख मगरहरूले गरे डरलाग्दो घोषणा
एक घर एक मगर, करिव २ लाख मगरहरू सडकमा उत्रने
माग सम्बोधन नभए, आन्दोलन थारुको भन्दा भयङकर हुने चेताउनी ।

ज्ञानेन्द्र पुनमगर
सचिव, नेपाल मगर संघ, केन्द्रीय समिति
भाद्र १४ गते मगरात बन्द हुने....
नेपाल मगर संघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी
तथा सदस्यहरुको उपश्थितिमा संघको केन्द्रीय
कार्यालय मगर भवन कलंकीमा आज मिति २०७२ भाद्र ५
गतेका दिन अध्यक्ष श्री महेन्द्र थापामगरको
अध्यक्षतामा बसेको बैठकले मगरात बन्द सहित विभिन्न
कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गरेको छ । जसलाई
नेपाल मगर संघले आप्mनो सबै तह र तप्कालाई कडाईका
साथ कार्यन्वयन गर्नगराउन निर्देशन गरेको छ ।
नयाँ सविधान निर्माणको क्रममा चार दलको शिर्ष
नेताहरुले राज्यकोपूर्नसंरचनामा संघियताको सिमांकन
गर्दा प्राचिन र एतिहासिक मगरात भूमिलाई टुक्रा–
टुक्रा बनाएको र मगरहरुको सघन वस्तीलाई छिन्न भिन्न
बनाएर विना अधारमा तयार बनाएको प्रदेशको
विरोधमा पहिलो चरणमा विरोधपत्र बुझाउने,
सभासदलाई खबरदारी गर्ने र विरोध प्रर्दशन सभा
कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरिएको तर राज्यले
हाम्रा न्योचित मागहरुको सम्बोधन नगरिएको हुनाले
नेपाल मगर संघले दोस्रो चरणको विरोधका निम्न
कार्यक्रमहरु आयोजना गर्ने निर्णय भएको छ ।
क) मार्चपास तथा शक्ति प्रर्दशनः
मितिः २०७२ भाद्र ९ गते काठमाडौमा खुल्लामञ्च देखि
बानेश्वर सम्म मार्चपास सहित शक्ति प्रर्दशन गर्ने ।
ख) तनहु र दाङमा मगरात भेलाः
मिति २०७२ भाद्र ११ गते प्रस्तावित ७ प्रदेशको
विरोधमा तनहँ र दाङमा मगरात भेला आयोजना गर्ने ।
यस भेलामा प्रस्तावित मगरात भित्रका जिल्लाहरु
पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, तनहु, कास्की,
स्याङ्जा, गोरखा, लमजुङ, बाग्लुङ, म्याग्दी र पर्वत
जिल्लाबाट तनहँमा त्यसैगरि रोल्पा, रुकुम, प्यूठान, दाङ,
सल्यान र डोल्पा जिल्लाहरुबाट दाङमा आयोजना हुने
विरोधका लागि मगरात भेलामा सहभागिता जनाउने र
हरेक जिल्लाबाट नेपाल मगर संघको जिल्ला
पदाधिकारी सहित ७÷७ जना सहभागिता जनाउने
निर्णय भएको छ ।
ग) पत्रकार सम्मेलनः
मिति २०७२ भाद्र १२ गते राजनैतिक दलहरुको प्रतिगामी
निर्णयहरुको विरोधका कार्यक्रम बारेमा जानकारी
गराउनका लागि हरेक जिल्लामा पत्रकार सम्मेलन
आयोजना गर्ने ।
घ) जिल्लामा विरोध सभाः
मिति २०७२ भाद्र १३ गते विना आधारमा प्रस्तावित
गरिएको ७ प्रदेशको विरोधमा देशको सबै जिल्लाहरुमा
विरोध सभाको आयोजना गर्ने । सोही दिन मगरात
बन्दका लागि मगरातको जिल्लाहरुमा मशाल जुलुसको
आयोजना गर्ने ।
ङ) मगरात बन्द कार्यक्रमः
मिति २०७२ भाद्र १४ गते प्रस्तावित मगरातको
जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी,
तनहु, कास्की, स्याङ्जा, गोरखा, लमजुङ, बाग्लुङ,
म्याग्दी, पर्वत, रुपन्देही, रोल्पा, रुकुम, प्यूठान, दाङ,
सल्यान र डोल्पामा विना आधारको अवैज्ञानिक ७
प्रदेशको विरोधमा मगरात बन्द गर्ने ।
च) एक्यवद्धताका लागि आवहानः
मगरात र मगरहरुको हक अधिकार प्राप्तिका लागि
विभिन्न चरणका कार्यक्रमहरुमा एक्यवद्धता सहितको
सहकार्य गर्नका लागि स्वदेश तथा विदेशमा
क्रियाशिल मगर संघ–सस्थाहरुलाई आर्थिक, नैतिक र
भौतिक सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको छ ।
जय मगरात । जय नेपाल मगर संघ ।।
धन्यवाद....
प्रस्तुतिः
ज्ञानेन्द्र पुनमगर
सचिव, नेपाल मगर संघ, केन्द्रीय समिति

श्रीमती लाई चिठ्ठीविदेश भनेको चिसो AC र मिठो-मिठो खाने कुरा मात्रै पाईने ठाउँ होईन श्रीमती !तातो घाममा,१२ घण्टा डयूटी अन...
01/09/2015

श्रीमती लाई चिठ्ठी
विदेश भनेको चिसो AC र मिठो-मिठो खाने कुरा मात्रै पाईने ठाउँ होईन श्रीमती !
तातो घाममा,१२ घण्टा डयूटी अनि टिफिन भित्र गुम्सिएको बासी भात खान बाध्य हुनुपर्छ यहाँ..
श्रीमान चिल्लाकारमा हिडेको नठान्नु,डुंग-डुंग पसिना गनाउँदै बसमा चढेको 'हुल' संगै हिंडनुपर्छ यहाँ....
पोहोर दशैंमा पठाएको पैसा रुखमा फलेको होईन,गोरु जोताईमा कमाएको धन हो श्रीमती!
नरुनु,दुख बुझिदिनु ,पिडा पाउनु सम्म पाएको हो श्रीमती!।

प्रबास बात्तै दुई चार शब्दमा लेख्दै छु ....मिलाएर read गरिदिनु होला ...frn यो हामी परदेशि नेपालिको भोगाइ हो* नआउ अब हे न...
30/08/2015

प्रबास बात्तै दुई चार शब्दमा लेख्दै छु ....मिलाएर read गरिदिनु होला ...frn यो हामी परदेशि नेपालिको भोगाइ हो
* नआउ अब हे नेपाली युबा गाह्रो छ बिदेशमा
दस नङग्रा खियाउन सिक फल्छ हिरा सुन आफनै स्वदेशमा
* पढने उमेर मा आए पासपोर्ट बोकि खाडीमा
पढने र सिक्ने उमेरमा न आउ हे युबा अर्काको गुलामिमा
* सबैको उस्तै उस्तै हो प्रदेशको कथा खुसिले हास्दैन्न कोहि यहा
फोन गर्‍यो घरमा कहिल्यै आउनु हुन्छ भन्दै रुदै हुन्छिन मेरि माया
काखको छोरी छोडेर आएको थिए ठुली भैहोली अहिले त
आएको तीन साल भयो कमाइ जोद्दा रिन तिर्न पुग्दैन् तलब
अरुको देशमा होइन परिश्रम गर्नु जान्नु पर्दो रहेछ नेपालमा !
घर परिवार देखि टाढा होइन आफ्नै समाजमा
सुरेश बुढा मगर
दाङ

प्रवासी भावना🌹🌹🌹🌹कति अनैैठो जिन्दगि यो बेदना लुकाई हास्नु पर्नेकती बोझिलो जिन्दगि यो पृथ्विको भार भई बाच्नु पर्ने।सोच्यो...
30/08/2015

प्रवासी भावना
🌹🌹🌹🌹
कति अनैैठो जिन्दगि यो बेदना लुकाई हास्नु पर्ने
कती बोझिलो जिन्दगि यो पृथ्विको भार भई बाच्नु पर्ने।
सोच्यो भने यो जिन्दगी दु:खै दु:ख को भेल रहेछ
खुशि हुदा जिन्दगि यो दुई आत्मा को मेल रहेछ
दुखि भए जिन्दगि यो सजाया भोक्ने जेल रहेछ।।
-ऊहि दु:खि प्रदेशि अस्मिता थापा
हाल मरूभुमि कुबेत

532.मन भित्र तिमी देखेँ ।मन भित्र तिमी देखेँ ।तन भित्र तिमी देखेँ ।खल्ति छाम्दा भेटीएको,धन भित्र तिमी देखेँ ।।लेक बेशी ह...
30/08/2015

532.मन भित्र तिमी देखेँ ।
मन भित्र तिमी देखेँ ।
तन भित्र तिमी देखेँ ।

खल्ति छाम्दा भेटीएको,
धन भित्र तिमी देखेँ ।।

लेक बेशी हिड्ने बेला,
वन भित्र तिमी देखेँ ।।

___हुदा हुदा रगतका,
कण भित्र तिमी देखेँ ।।

माना पाथि मुरी हुदै,
टन भित्र तिमी देखेँ ।।

रत्न शमशेर थापा 'निर्दोषी'
गजुल रोल्पा

Adres

हाम्रो रोल्पा नेपाल, सुन्दर रोल्पा नेपाल
Rolpaal

Telefoon

66630406

Website

Meldingen

Wees de eerste die het weet en laat ons u een e-mail sturen wanneer हाम्रो रोल्पा नेपाल, सुन्दर रोल्पा नेपाल nieuws en promoties plaatst. Uw e-mailadres wordt niet voor andere doeleinden gebruikt en u kunt zich op elk gewenst moment afmelden.

Delen