11/02/2021
ड्रागन फल खेती प्रबिधी :-
========================
>>ड्रागन फल गर्मि र सुख्खा हावापानीमा हुने सिउडि प्रजातीको फल हो। Hylocereus Undatus वैज्ञानिक नाम रहेको यो फल Cactaceae परिवार अन्तर्गत पर्दछ।
>>ड्रागन फल नेपालमा भित्रिएको त्यति लामो समय भएको छैन । तर, यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दामा जति आकर्षक हुन्छ त्यत्तिकै स्वादिष्ट पनि । यसबाट प्राप्त हुने फाइदाले महंगो मूल्यलाई बिर्साइदिन्छ ।
>>दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फल सिँउडी प्रजातिमा पर्छ ।
यसलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेला लगायतको नामले पनि चिन्ने गरिन्छ । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ ।
>>यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ। फलको तौल २०० ग्राम देखि १ केजी सम्मको हुन्छ ।
>>यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ।यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ।यो फलबाट उच्चस्तरको आइसक्रिम,केक, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ।यसको मुन्टाको गजबको तरकारी बन्छ
>>गर्मी ठाँउमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ।यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ।जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला ,छत तथा करेसामा पनि लगाउन सकिन्छ।
>>ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ र यसको खेती दक्षीण मोहडा भयको प्रसस्त घामलाग्ने र समुर्दी सतह देखी १५०० मिटर सम्म उचाइ भयको जमिनमा गर्न सकिन्छ र यो फल वार्षिक ५० – १५० सेन्टिमिटर बर्षा र २० -३० से. तापक्रम हुने ठाउमा खेती गर्द धेरै लाभ लिन सकिन्छ ।
>>ड्रागन फलको स्तम्भ कमजोर भएकोले सपोर्टको आवश्यकता पर्दछ जसको लागि सिमेन्टको पिलर दिगो हुन्छ !विकल्पको रुपमा काठ/बाँस/फलामको खम्बा पनि प्रयोग गर्न सकिन्छ ।
>>पिलर बनाउदा ४/४ साइजको ८ फिट लामो २ वटा रड भएको बलियो किसिमको बनाउनु पर्छ !
>>लगाएको १-२ बर्शबाट फल्न सुरु भै निरन्तर २०-२५ बर्शसम्म उत्पादन दिन्छ ।
>>फूल फुलेको ३० देखि ४५ दिनमा फल तयार हुन्छ । जो बैशाख - जेठदेखि असोज-कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ ।
>>एउटा हुर्की सकेको बोटबाट बार्षिक ३० देखी ५० किलो सम्म उत्पादन दिन्छ ।
>>बोट देखि बोटको दुरी 2×2 मिटर र पिलर देखि पिलरको दुरी 2.5 ×2.5 मिटर राख्नुपर्छ ।
>> १ हेक्टरमा २००० पिलर प्रती पिलर ३ वटाको दरले ६००० र ४ वटाको दरले ८००० बिरुवा आवश्यक पर्दछ !
बिरुवा एब खेती प्रबिधी सम्बन्धि
सम्पूर्ण जानकारीको लागि सम्पर्क :-
===========================
रितेश फलफूल नर्सरी
कटहरिया न.पा -3 रौतहट
नेपाल
Ntc-9865503844
Ncell-9807295277
web- riteshfalfulnursery.com
email address [email protected]
what's app/imo/viver/signal-9865503844
(नोट :-व्यावसायिक रुपमा फलफूल खेती गर्ने किसानहरुको लागि फ्री डेलेभरी,आधुनिक तरिकाले रेखांकन र प्लान्टेसन,बिरुवा मर्यो भने replacement,बाली उत्पादन अवधिभर निशुल्क प्राबिधिक सल्लाह सुझाव निरीक्षण ,र बजार ब्यबस्थापन जस्ता सेवा उपलब्ध छ !!)