CRA Architect "&" Mega-Structural Associates

CRA Architect "&" Mega-Structural Associates Superior commercial and industrial
designer, planner, developer and construction including excavatio

Generation Z in Nepal (born roughly between 1997 and 2012) is a highly influential demographic, digitally native, and so...
11/10/2025

Generation Z in Nepal (born roughly between 1997 and 2012) is a highly influential demographic, digitally native, and socially conscious cohort that is actively reshaping the country's social, cultural, and political landscape. They have grown up during a period of significant political instability and are characterized by a strong entrepreneurial spirit and a desire for systemic change.
​1. The Digital Natives: A Connected Generation
​Nepali Gen Z is the first generation to be entirely immersed in the digital world, marking a profound shift from their predecessors.
​Ubiquitous Social Media Use: They are highly active on social media platforms like TikTok, Instagram, Facebook, and Discord, using them not just for entertainment and networking, but as primary sources of news, information, and a vital lifeline for communicating with the vast Nepali diaspora.
​Digital Entrepreneurship: Unlike previous generations who focused on traditional degrees, Gen Z in Nepal is increasingly drawn to online learning, coding bootcamps, freelancing, and digital entrepreneurship, prioritizing flexible work and side hustles over conventional 9-to-5 jobs.
​Viral Culture: They communicate using digital-native language, with memes, hashtags, and viral content becoming powerful tools for expression, political commentary, and challenging established norms.
​2. Socio-Cultural Shifts and Trends
​This generation is driving a cultural transformation, balancing global influences with local authenticity.
​Globalized Trends: They have popularized global trends like K-pop culture, fast fashion (especially streetwear), and fusion music, demonstrating a willingness to embrace international styles while often reinterpreting them within a Nepali context.
​Focus on Mental Health and Identity: Gen Z is more open in discussing sensitive topics like mental health and shifting gender norms, challenging traditional taboos and pushing for greater inclusivity and individuality.
​Value-Driven Consumption: As consumers, they are digitally savvy, favoring online shopping and subscription services. Their buying habits are increasingly value-driven, showing a preference for authenticity and sustainability.
​3. Political and Economic Disillusionment
​Gen Z's political awakening is rooted in frustration with the status quo, particularly corruption and lack of economic opportunity.
​Frustration with Corruption and Nepotism: Having lived through years of political turmoil and observing widespread elite corruption and nepotism—often highlighted through viral social media posts of the 'elite lifestyle'—they harbor deep skepticism toward the established political class.
​Economic Challenges: Despite being a highly educated cohort, Gen Z faces alarmingly high rates of youth unemployment (fluctuating around 20%). The lack of job prospects and the dominance of a small elite in the domestic economy drive many to seek employment abroad, with remittances sustaining a significant portion of the country's GDP.
​The "Gen Z Revolution": This pent-up frustration has recently fueled large-scale, youth-led protests demanding governmental accountability, an end to corruption, and systemic political change. The movement is largely leaderless, decentralized, and mobilized effectively through digital platforms, showcasing a new, urgent style of civic engagement.

31/05/2021

ढलान गर्दा ध्यान दिनुपर्ने कुराहरु:

१) स्टेयरकेस (भर्याङ)

भर्याङ भनेको घरको आकर्षण बढाउने महत्वपूर्ण संरचना हो । यसको फर्मवर्क (ढलान गर्नुअघि फर्मा ठोक्ने काम) गर्दा हरेक सिंडीको उचाइ र लम्बाइ नक्सा बमोजिम हुनुपर्छ ।

भर्याङ भूकम्प आउँदा सबैभन्दा बढी संवेदनशील हुन्छ । त्यसैले यसको डन्डी राख्दा एकदम ध्यान दिनुपर्छ ।

२) फर्मवर्क (फर्मा ठोक्ने काम)

स्ल्याबको डन्डी हाल्नुअघि फर्मवर्कहरु सबै लेभलमा छ कि छैन ख्याल गर्नुपर्छ । पानीको लेवल पाइपले सजिलै नाप्‍न सकिन्छ । अटो लेवल प्रयोग गरेर लेवल लेको झन राम्रो मानिन्छ ।
फर्मवर्क लेवलमा नहुँदा स्ल्याव तलमाथि हुने, डिजाइन बमोजिम मोटाइ नहुने, निर्माण सामग्रीहरु बढी खपत हुनेजस्ता समस्याहरु आउँछन् ।

३) प्रप्स (टेका)

स्ल्याबको फर्मवर्कलाई अडाउन जुन भर्टिकल सपोर्ट दिइन्छ त्यो भरसक फलामका टेकाहरु प्रयोग गर्नुपर्छ । यसको स्पेसिङ १ मिटर वा त्योभन्दा कम रेडियसमा राख्नुपर्छ। बाँसको टेका भरसक लगाउनु हुँदैन ।

४) आर्किटेक्‍चर डिजाइन

स्ल्याबको फर्मवर्क गर्दा यसमा एकदम ध्यान दिनुपर्छ । आर्किटेक्टलाई डिजाइनको लागि भनेर स्ल्याबको विभिन्‍न ठाउँमा प्रोजेक्सनहरु दिइएको हुन्छ । यो डिजाइन बमोजिम राख्नुपर्छ । नत्र हाम्रो घरको थ्रिडी डिजाइन र निर्माण भएको घरको संरचना एउटै आउँदैन ।

५) स्ट्रक्‍चरल डिजाइन

बिम, स्लाब मा डन्डीहरु स्ट्रक्चर डिजाइनरलाई गराएको जस्तै हुनुपर्छ । बिमको डन्डीहरु ल्यापिङ (डन्डीहरू गाँस्ने काम) गर्दा टप बारलाई मध्य भागमा र बटम बारलाई बीमको साइड भागतिर राख्नुपर्छ । कंक्रिट (गिट्टी, बालुवा र सिमेन्टको ) को मिश्रण तयार पार्दा पनि स्ट्रक्चर डिजाइन अनुसार गर्नुपर्छ । मेसिनमा गिट्टी, बालुवा र सिमेन्टको मिश्रण बनाउँदा डोकोबाट भन्दा क्युब बक्स प्रयोग गरेको राम्रो मानिन्छ । पानीको मात्रामा पनि निकै ध्यान दिनुपर्छ । पानी बढी पनि हाल्नु हुँदैन र कम पनि हाल्नु हुँदैन।

६) पाइप फिटिङ

घरमा पाइप फिटिङ गर्दा सकभर एनएस स्टान्डर्ड २० एमएमको पाइप प्रयोग गर्नुपर्छ । नर्मल पाइप फुट्न सक्छ ।

७) सुपरभिजन

इन्जिनियरले तयार पारेका डिजाइनहरु ठेकेदारलाई विस्तृतमा ब्रिफ गरिदिनुपर्छ र, १/२ दिनअगाडी इन्जीनियरलाई बोलाएर सबै चेकजाँच गरेर मात्रै ढलान गर्नुपर्छ ।

Garden or Balcony Swing Ideas with Dimension
09/05/2020

Garden or Balcony Swing Ideas with Dimension

Bathroom ideas with Dimensions... !!
09/05/2020

Bathroom ideas with Dimensions... !!

20/11/2017

बिना बालुवा, गिट्टी, इट्टा तथा सिमेन्ट घर निर्माण !!!

बालुवा, गिट्टी, इट्टा तथा सिमेन्ट घर निर्माण गर्दा अपरीहार्यजस्तै भइसकेका छन्। ति सामाग्री कतै थुपारिएको देख्दा सोच्ने गर्छौँ कि घर निर्माण हुँदैछ। तर विकासक्रमले त्यसमा परिवर्तन ल्याएको छ।

यी कुनै पनि सामाग्री आँगनमा छरपस्ट नपारी अर्थात प्रयोग नगरिकन पनि घर निर्माण गर्न सकिन्छ, त्यो पनि छोटो समयभित्रै। पछिल्लो समय पूर्वाधार निर्माणमा चमात्कारिक फड्को मारिरहेको चीनमा निकै प्रचलित प्रिकास्ट प्रविधिबाट घर निर्माण हुने गरेको छ।

जसको प्रयोगबाट परम्परागत सामाग्रीको आवश्यकता पर्दैन, समय पनि बचत हुन्छ। नेपालमा पनि प्रिकास्ट प्रविधिबाट संरचनाहरु निर्माण भइरहेका छन्। सम्बद्ध निर्माण व्यवसायीका अनुसार सामान्यतः आवासीय घर तीन महिनाभित्र तयार भई सक्छन्।

कसरी निर्माण हुन्छ घर ?
नयाँ प्रविधिबाट निर्माण कार्य आधारभुत परम्परागत प्रविधि (आरसीसी) अनुसार नै जग निर्माण हुन्छ।

तर जगभन्दा माथिको भागमा भने नयाँ प्रविधि प्रयोग हुन्छ। सिमेन्ट र कंक्रिटको पिल्लरको ठाउँमा फलाम राखिन्छ। पर्खालमा लगाउने इट्टाको रुपमा प्रिफ्याव प्रयोग गरिन्छ भने ढलानको ठाउँमा प्रिकास्ट ढलान स्ल्याब राखिन्छ।

विकासित देश तथा विकासोन्मुख देशमा निकै प्रचालनमा भएपनि नेपालमा सचेतनाको अभावमा यसको विस्तार हुन नसकोको छ।

‘सुरक्षा, समय र लागतको हिसाबले यो प्रविधि उपयुक्त भए पनि आम मानिसमा घर भनेको इट्टा, सिमेन्ट, बालुवा र गिट्टीको योग हो भन्ने बुझाई धेरैमा रहेको छ’ ।

यसरी फलामको पिल्लर राखिसकेपछि त्यसमा इट्टाको प्रयोग उपयुक्त नहुने भएकाले प्रिफ्याबको सिफारिस गर्ने गरेको दुवालको भनाइ छ।

फलाम र प्यानलको साइज र जोड मिल्ने भएकोले भूकम्प जाँदा पनि यस्तो संरचना सुरक्षित रहन्छ। तर इट्टाको प्रयोग गरेमा फलामसँग सन्तुलन मिलाउन गाह्रो हुने उनले बताए।

यस्तो संरचनाबाट घर बनाउँदा घर नै उठाउँदा पनि भत्काउन पर्दैन। प्यानल, पिल्लर, भ्mयाल ढोका फूकालेर ओसारपसार गर्न सकिने र कुनै नोक्सान नपर्ने उनले बताए।
कति लाग्छ लागत ?
प्रिकास्ट प्रविधिबाट निर्माण गर्दा सानाभन्दा पनि ठूला भवनलाई लागतमा धेरै बचत हुने दुवालले जानकारी दिए। ‘साना आवसीय भवन बनाउँदा लागतमा खासै फरक नपरे पनि व्यवसायिक ठूला भवन बनाउँदा सस्तो पर्न जान्छ’ उनले भने।

सामन्यतया आवासीय घर बनाउँदा एक तलामा प्रति वर्गफुट दुई हजार रुपैयाँको लागत पर्न आउँछ। यदी कसैले एक हजार वर्गमिटरको साढे दुई तले घर(साढे दुई तलामा कूल २५ सय वर्गफिट हुन अाउछ) बनाउन चाहेमा जग्गाबाहेक ५० लाख रुपैयाँमा घर निर्माण हुने छ।

यस्तो घर ३ महिनाभित्र तयार हुन्छ। घरको आकार ठूलो बनाउँदा पनि निर्माण सम्पन्न हुने अवधिमा त्यति फरक नपर्ने उनले बताए।परम्पगरागत प्रविधिबाट साढे दुई तलाको घर बनाउँदा नियमित काम हुँदा पनि कम्तिमा सात महिना लाग्ने गर्छ।

दुवालका अनुसार प्रिकास्ट प्रविधिमा घरको आकार र साइज जति ठूलो भयो त्यति लागतको दर कम हुँदै जान्छ। तर यो प्रविधि घना तथा भित्री सहरी बस्ती भएको ठाउँमा भने असम्भव देखिन्छ।

किनभने ढलान स्ल्याब क्रेनले बोकेर लिनुपर्ने भएकोले क्रेन जान र संचालन हुन सक्ने ठाउँमा मात्र सम्भव हुन्छ।

आफूले दिनरात दुख गरेर कमाएको पैसाले एउटा सुन्दर घर बनाउने रहर कसको नहोला र? तर रहरमा घर बनाउँदा हामी आफू पनि चनाखो भने ह...
25/01/2017

आफूले दिनरात दुख गरेर कमाएको पैसाले एउटा सुन्दर घर बनाउने रहर कसको नहोला र? तर रहरमा घर बनाउँदा हामी आफू पनि चनाखो भने हुनैपर्छ।

मौसमका हिसावले पनि घर बनाउन उपयुक्त समय सुरु भएको छ। यदि घर बनाउँदा सामान्य कुरामा पनि लापरबाही गरिएमा खर्च बढ्ने मात्रै होइन, भैपरी आउन सक्ने प्राकृतिक प्रकोपले मानवीय क्षति पनि पुग्न सक्छ।
नक्साङ्न तथा प्रक्रियागत काम, बनावट, आवश्यक निर्माण सामाग्री र परिमाण, निर्माण सामाग्रीको गुणस्तर तथा बजारभाउका सम्वन्धमा आवश्यक जानकारी लिनु जरुरी हुन्छ। यस्ता विषयमा आवश्यक जानकारी नहुँदा खर्च बढ्ने र घरको संरचना कमजोर समेत हुन सक्छ।

घर बनाउँदा निर्माण सामाग्रीको अड्कल गर्न नजानेर कहिले अपुग हुने त कहिले बढी हुने जस्ता समस्या पनि कतिपयले ब्यहोर्ने गरेको पाइन्छ। कतिपयले ठेकदारलाई घर बनाउने जिम्मा लगाएपछि पूर्ण रुपमा विश्वास पनि गर्ने गरेका छन्। यसो गर्दा चाहिनेभन्दा बढी खर्च देखाएर ठगिने सम्भावना पनि उत्तिकै रहन्छ।

त्यसकारण स्वयम् आफै चनाखो भएमा न्यून खर्चमा राम्रो र मजबुत घर बनाउन सक्छौँ। नक्साङ्कनदेखि फिनिसिङ कलर गर्दासम्म राम्ररी बुझेर खर्चको आँकलन गर्यौँ भने घर बनाउँदा आइपर्ने समस्या निकै कम हुने जानकारहरु बताउँछन्।
त्यसो त थोरै रकम बचाउन खोज्दा ठूलो जोखिम निम्तिन सक्ने विषयमा पनि चनाखो हुनुपर्ने इमाडोलका घर व्यवसायी दिपक तिमल्सिना बताउँछन्। घर बनाउँदा दुई–चार लाखको लोभले भूकम्पीय जोखिमयुक्त हुन सक्ने भन्दै उनले जगको गहिराइ र प्रयोग गरिने निर्माण सामाहरुको गुणस्तर आदीमा बिशेष ध्यान दिनुपर्ने सुझाव दिन्छन्।

विनाशकारी भूकम्पपछि सुस्ताएको घर निर्माण कार्य अहिले विस्तारै बढ्दै गएको निर्माण व्यवसायीहरु बताउँछन्। भूकम्पले घर बनाउनुअघि सचेत समेत बनाएको सिद्धबाबा इन्टरप्राजेज कपनका प्रोप्राइटर सन्तोष ढकाल बताउँछन्।

‘पहिले–पहिले सस्तो निर्माण सामाग्री खोज्न आउँथे भने अहिले पैसाको लोभ नगरी भूकम्प प्रतिरोधी घर बनाउने भन्दै उपयुक्त सामाग्रीसहित सुझाव पनि लिन आउँछन्’ उनले सेतोपाटीसँग भने।

काठमाडौंमा सामान्यतयाः साढे दुई तले घर निकै प्रचलनमा छ। साढे दुई तलाको घरमा ७ देखि ८ वटासम्म कोठा रहन्छ। साढे दुई तलाको घर बनाउन लाग्ने निर्माण सामाग्री तथा परिमाण र खर्च सम्वन्धमा हामीले सम्वद्ध व्यवसायीसँगको कुराकानीपछि सामान्यः जानकारी गराउने प्रयास गरेका छौँ।

यसरी हेर्दा काठमाडौंमा साढे दुई तलाको घर बनाउन करिब ६० देखि ७० लाख सम्म लाग्न सक्ने देखिन्छ। घरको डिजाइनले पनि मूल्यमा निकै प्रभाव पार्छ। साधारण डिजाइनको घर बनाउँदा केही कम पर्छ भने राम्रा डिजाइनको बनाउँदा बढी लाग्छ।
अझ अहिले काठमाडौंमा परम्परागत डिजाइनको झ्याल ढोका हालेर तथा घरलाई नै परम्परागत शैलीमा बनाउने चलन बढ्दो छ। यसो गर्दा लागत अझ बढ्ने निर्माण व्यवसायीहरु बताउँछन्। उनीहरुका अनुसार एक तलाको घर बनाउन ३० देखि ३५ लाख सम्म पर्छ। त्यस्तै साढे दुई तलाको घर बनाउन करिब ६० देखि ७० लाख लाग्छ।

५ तलाको घर बनाउन भने करिब एक करोड लाग्छ। ‘घर बनाउँदा धेरै खर्च लाग्ने भनेको भुइँ तलामा हो, तलको तुलनामा माथि कम खर्च लाग्छ, भुइँतलामा जगले गर्दा बढी खर्च हुने हो त्यसमा कम्प्रोमाइज गर्न मिल्दैन’ व्यवसायी तिमल्सिनाले भने।
भूकम्प गएपछि सरकारले घर बनाउँदा विभिन्न मापदण्ड राखेको हुँदा पनि घर बनाउँदाको खर्च अहिले बढेको उनले बताए।
सरकारको यो मापदण्ड जन–धनको सुरक्षाको हिसाबले निकै उत्कृष्ट रहेको व्यवसायीहरुको भनाई छ। तर केही ब्यक्तिहरुले मापदण्ड अनुसार जग नहालेर नगरपालिकाका इन्जिनियर आउनुभन्दा पहिले नै जमिनमुनिको काम भ्याएर पुरिसक्ने गरेको उनीहरुले खुलासा गरे।

माथि उल्लेखित खर्चमा ठाउँ, मौसम, डिजाइन आदीले पनि खर्चमा फरक पार्न सक्ने घर व्यवसायी बताउँछन्। जस्तो ठूलो सडक भएको ठाँउमा गाडीबाट सिधै सामान पुर्याउन सकिन्छ भने असन, इन्द्रचोक, पाटन जस्तो गल्ली भएको ठाँउमा इट्टा, बालुवा समेत मजदुर लगाएर सामान पु¥याउनु पर्ने हुँदा लागत बढी हुन्छ । त्यस्तै मौसमले काम बिथोल्दा पनि खर्च बढ्छ।

घर बनाउनु पुर्व हामीले यी सबै कुरामा ध्यान दिनुपर्ने अनुभवीहरुको सुझाव छ। त्यस्तै तयारी घर खरिद गर्नु पुर्व पनि एम्बुलेन्स, दमकल छिर्ने बाटो छ कि छैन, घरको नक्सा पास छ कि छैन र घर भूकम्प प्रतिरोधी छ कि छैन आदी कुरामा बिशेष ध्यान दिन व्यवसायीको सुझाव छ।

Conceptual !!
23/01/2017

Conceptual !!

Load Acting on a Building... !!
08/01/2017

Load Acting on a Building... !!

Biogas Plant ( Anaerobic Digester )
20/12/2016

Biogas Plant ( Anaerobic Digester )

Sewage Treatment Plant
15/12/2016

Sewage Treatment Plant

27/11/2016

Address

Rampur, Biratnagar-7, Morang
Koshi
021

Website

Alerts

Be the first to know and let us send you an email when CRA Architect "&" Mega-Structural Associates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share