हाम्रो भैसेगौडा २ पु ब ना पा स्याडजा

  • Home
  • Nepal
  • Syangja
  • हाम्रो भैसेगौडा २ पु ब ना पा स्याडजा

हाम्रो भैसेगौडा २ पु ब ना पा स्याडजा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो भैसेगौडा २ पु ब ना पा स्याडजा, Home improvement, PutaliBazzar 2 Syangja, Syangja.

आठ बर्ष पछि फेरि भैसेगौडा मा सम्पुर्ण गाउले र चेलीबेटी भेटघाट कार्यक्रम
04/05/2026

आठ बर्ष पछि फेरि भैसेगौडा मा सम्पुर्ण गाउले र चेलीबेटी भेटघाट कार्यक्रम

04/05/2026

गांउमा नव निर्माण गरिएको चण्डीमाता मन्दिर

04/05/2026

२०८३ बैसाख पुर्णीमाको दिन उदघाटन कार्यक्रमाको तयारी !

गांउमा निर्माण भई रहेको सभाहलको लागी आर्थिक सहयोग प्रदान गर्दै !
04/05/2026

गांउमा निर्माण भई रहेको सभाहलको लागी आर्थिक सहयोग प्रदान गर्दै !

मन्दिर उदघाटन कार्यक्रमको दिनमा उपस्थित दाजुभाई तथा चेलीबेटी हरूले आ-आफ्नो स्वईच्छाले गांउमा निर्माण भई रहेको सभाहलको ला...
04/05/2026

मन्दिर उदघाटन कार्यक्रमको दिनमा उपस्थित दाजुभाई तथा चेलीबेटी हरूले
आ-आफ्नो स्वईच्छाले गांउमा निर्माण भई रहेको सभाहलको लागी सहयोग स्वारूप आर्थिक सहयोग गर्नुभएको छ।
वहा हरूले गॉउ को माया र उन्नतीप्रगतीको कामना गर्दै गर्नु भएको सहयोग प्रती सम्पुर्ण गॉउबासी को तर्फ बाट धेरैधेरै धन्यबाद व्याक्त गर्दछौं ।
सहयोगी दाता हरू
१, पिउ बहादुर गरूङ (मुख्याटोल) हाल पोखरा रू १,१५,१०५।-
२, लोक बहादुर गुरूङ (साईला ,लामछानेटोल )हाल स्याङजा रू-३०,५००।-
३, लेख बहादुर गुरूङ कोने टोल( पोखरा रामबजार)रू-२५.१०५।-
४, बिजय गुरूङ / कल्पना गुरूङ ( बाचपुर) पोखरा रू-२५,०००।-
५, स्व- शन्त बहादुर गुरूङ /सुनसरी गुरूङ/छोरा बिनोद गुरूङ रू-२०,१००।-
६, ईश्वर गुरूङ/ मनमया गुरूङ (लुम्छाक हाल पोखरा )रू-११,१००।-
७, बगलेटोल चेलीबेटी हरू बाट रू-१०,०००।-
८, कोनेटोल चेलीबोटी हरू बाट रू-१०,०००।-
९, मुख्याटोल चेलीबेटी हरूबाट रू-६,१०५।-
१०,राजु गुरूङ / जयन्ती गुरूङ (मनुडॉडा,हाल पोखरा)रू-५,०००।-
जम्मा संकलन भएको रकम रू-२,५८,०१५।-

कार्य व्यास्तता ले २ दिन ढिलो पोस्ट भयो माफी चाहान्छु ।मिति २०८३ बैसाख १९ गते बैसाख पुर्णीमा को दिन पुतलीबजार नगरपालिका ...
04/05/2026

कार्य व्यास्तता ले २ दिन ढिलो पोस्ट भयो माफी चाहान्छु ।
मिति २०८३ बैसाख १९ गते बैसाख पुर्णीमा को दिन पुतलीबजार नगरपालिका वडा नं २ भैसेगौडा मा पुरानो जिर्ण अवस्था मा रहेको मठ मन्दिरहरू १,पधेरा जलदेवी मन्दिर, २,बराहथान मन्दिर , ३,चण्डीमाता मन्दिर मर्मत तथा पुननिर्माण का कामहरू सम्पन्न भएको उपल्क्षयमा गॉउका सम्पुर्ण भाई खलग का दाजुभाई ,परिवार हरू र सबै भाई खलगको चेलीबेटी ,ज्वाई हरू भेला भई मन्दिर उदघाटन तथा प्रसाद ग्रहण कार्यक्रम अति उत्साह र भव्यताको साथमा सम्पन्न भएको छ ! उपस्थित दाजुभाई तथा चेलीबेटी हरू सम्पुर्ण लाई धेरैधेरै धन्यबाद !
उक्त दिन प्रसाद ग्रहण तथा भोज कार्यक्रमको लागी गॉउको सबै खलग बाट संकलन भएको रकम र खर्च भएको बिवरण यस प्रकार छ ।
आम्दनी :-
१)कोलबोट भाई खलग बाट रू ६०,०००।-
२) बगले भाई खलग बाट रू ३४,०००।-
३) मुख्या भाई खलग बाट रू ३०,०००।-
४) लामछाने भाई खलग बाट रू १२,०००।-
५ )कोने भाई खलग रू ६,०००।-
७)बाटोघर माईला बाट रू २,०००
८) मनुडॉड कान्छ क्या - जग बहादुर गुरूङ र कुमार गुरूङ बाट रू २६,०००।-बराबरको चेलीबेटी हरू लाई पोखरा देखी आउने र फर्कने २ वटा बसको सौजन्य गरिदिनु भएको छ ।गाडी बाहेक नगद संकलन जम्मा रू १,४४,००० ।-( एक लाख चवालिस हजार )
———————————————-
खर्च विवरण-
१, राशन , ग्यास, सब्जी, सम्पुर्ण समान घुम्तिबजार ,खाङराङ को दुकान बाट रू-३५,६५०
२,ग्यास रेगुलेटर+ग्यास पाईप रू-३,७५०
३,ब्यानर + डबलटेप रू-७००
४,बाथरूमको लागी ओडोनिल रू-८५५
५,मन्दिर जाने बाटोमा लगाउन ईनामेल रङ रू- २,०३०
६,रासनपानी गांउ लाने जिपभाडा रू-३,०००
७,भाडा धुने २ जना + ल्याउने लाने टेम्पो भाडा रू-५,४००
८,खाना बनाउने भान्से पार्टी रू-५,०००
९, दुध २० लिटर रू-२,६००
१०,चिकन १५ किलो रू-६,०००
११,खसी २६ किलो रू १५,०००
१२, समाज भवनको ३ महिनाको बिद्दुत बिल रू-१,२७०
१३, बस १ पोखरा >गांउ रू-१३,०००
१४, खादा+तोरन रू- ८,९००
१५, अपुग तेल गांउमा किनेको २ लिटर रू ६४०
जम्मा खर्च रू=१,०३,७९५ ।-
संकलन रकम रू-१,४४,०००-१,०३,७९५=४०,२०५
खर्च कटाएर बचत भएको रू=४०,२०५
गांउको आमा पार्टी कोषमा राखिएको छ!
कुनै छुटफुट गल्ती भएमा सम्पर्क
नं ९८२३५६९२८३ मा सम्पर्क गर्नु होला

भैसेगौडा गांउको ऐतेहासिक महत्व रही जिर्ण अवस्था मा रहेको  चण्डीमाता मन्दिर यसै गांउ बगलेटोल निबासी स्व- नरजंग गुरूङ तथा ...
02/04/2026

भैसेगौडा गांउको ऐतेहासिक महत्व रही जिर्ण अवस्था मा रहेको चण्डीमाता मन्दिर यसै गांउ बगलेटोल निबासी स्व- नरजंग गुरूङ तथा स्व- लछिन कुमारी गुरूङ को जेठा छोरा हाल यूके रहनु हुने श्री धन बहादुर गुरूङ र बुहारी श्रीमती साबित्री गुरूङ द्वारा पुन नया निर्माण गरिदिनु भएकोमा वहा सम्पुर्ण परिवारमा चण्डीमाता ले रक्षा गरून साथै भैसेगौडे सम्पुर्ण गांउले हरूको तर्फ बाट धेरैधेरै धन्यबाद छ !

भैसेगौडा पानी पधेरा मा जिर्ण अवस्थामा रहेको जलदेवी मन्दिर यसै गाउ का बगलेटोल घर भई हाल घुम्तीबजार स्याङजा बस्नु हुने श्र...
18/02/2026

भैसेगौडा पानी पधेरा मा जिर्ण अवस्थामा रहेको जलदेवी मन्दिर यसै गाउ का बगलेटोल घर भई हाल घुम्तीबजार स्याङजा बस्नु हुने श्री अन बहादुर गुरूङ र श्रीमती पार्बाती कुमारी गुरूङ द्वारा मर्मत कार्य सम्पन्न गर्नु भएकोछ॥

मिति २०८२ साउन २३ गते सुक्रबार भैसेगौडा गांउको उन्नती प्रगती को लागी कोल्माबाहाकोट तमु समाज भवन पोखरा मा भएको छलफल भेला ...
10/08/2025

मिति २०८२ साउन २३ गते सुक्रबार भैसेगौडा गांउको उन्नती प्रगती को लागी कोल्माबाहाकोट तमु समाज भवन पोखरा मा भएको छलफल भेला मा भैसेगौडा गांउबासी हरूको उपस्थिती ले गरेको निर्णय हरू यस प्रकार छन !
यसै भेलामा गांउमा बन्दै गरेको सभाहलको लागी सहयोग गर्नु हुने
१, श्री राज कुमार गुरूङ ( मनुडांडा) रू १,००,०००।-(एक लाख )
२, धन प्रसाद गुरूङ (कोने टोल ) रू १०,०००।-(दस हजार)
३, श्रीमती सुकमाया गुरूङ (मुख्याटोल ) रू ५,०१० ।-(पांच हजार दस )
४, श्रीमती कमला गुरूङ (बगलेटोल सोल्डांडा)
रू ५,०००।-(पांच हजार )
वहा सहयोगी दाता हरूमा सम्पुर्ण गाउबासीको तर्फ बाट धेरैधेरै धन्यबाद छ ।
यसरी सहयोग आउने क्रम जारी छ र आई रहोस भन्न चाहान्छु ।
समाज भवनहल निर्माण हुदा सम्म आउने सहयोगी दाता हरूको नाम ठेगाना त्यही समाद भवन हलमा मार्बल लेखन गरिने छ । धन्यबाद जय भैसेगौडा

आज मिति २०८२ साउन ६ गते मंगलबार पुतलीबदार नगरपालिका वडा नं २ भैसेगौडा (घोडेटोल )हाल यूके बस्नु हुने श्री अमृत कुमार गुरु...
22/07/2025

आज मिति २०८२ साउन ६ गते मंगलबार पुतलीबदार नगरपालिका वडा नं २ भैसेगौडा (घोडेटोल )हाल यूके बस्नु हुने श्री अमृत कुमार गुरुङ तथा श्रीमती रिता गुरुङ छोरीहरु मस्ना र मश्मी गुरुङ , छोरा विलियम गुरुङ , स्व आमा सीता कुमारी गुरुङको पित्रीकार्य ( अर्घौ) पोखरामा सम्पन्न गरि आफ्नो व्यास्तता को समयमा पनि आफ्नो जन्मभुमि गांउमा बाबाआमा ईस्ट्रमित्रहरुसग भेट्घाट को अवसरमा आफ्नो पितृको नाममा समाजलाई सहयोग स्वारूप रु-२०,०००( बीस हजार )प्रदान गर्नु भएको छ वहा लगायत सम्पुर्ण परिवार मा सदा सुस्वास्थ्य रहि उत्तरउत्तर प्रगतीको कामना गर्दै सम्पुर्ण गांउबासीको तर्फ बाट धेरैधेरै धन्यबाद व्याक्त गर्दछौं !!!

Address

PutaliBazzar 2 Syangja
Syangja
GANDAKI

Telephone

+9779817113169

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो भैसेगौडा २ पु ब ना पा स्याडजा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share