27/09/2025
📢 प्रिय उपभोक्ता, CCTV किन्नु अघि यी कुरामा ध्यान दिनुहोस्
1️⃣ Made in Nepal — CCTV नेपालमै बनेको भए प्राथमिकता दिनुहोस्।
2️⃣ ब्रान्डको खोज — यदि विदेशमा बनेको हो भने, Google वा YouTube मा सो ब्रान्डबारे जानकारी खोजेर बुझ्नुस्।
3️⃣ कम्पनी प्रोफाइल — बेच्ने कम्पनीसँग आधिकारिक प्रोफाइल माग्नुस्।
4️⃣ वारन्टी विवरण — वारन्टी छ कि छैन? भए कुन प्रकारको वारन्टी हो भनेर प्रष्ट बुझ्नुस्।
5️⃣ सेवा सुविधा — वारन्टीपछिको सेवा सुविधा उपलब्ध हुन्छ कि हुँदैन भनेर सोध्नुस्।
6️⃣ स्पेयर पार्ट्स उपलब्धता — भविष्यमा पार्ट्स सजिलै पाइन्छ कि पाइन्न, बुझ्नुस्।
7️⃣ क्लाउड वा स्थानीय स्टोरेज — क्यामेरा क्लाउडमा रेकर्ड हुन्छ कि स्थानीय हार्डडिस्कमा मात्रै, सोध्नुस्।
8️⃣ मोबाइल एप / सफ्टवेयर — CCTV हेर्नको लागि प्रयोग हुने एप वा सफ्टवेयर कस्तो छ भनेर परीक्षण गर्नुस्।
9️⃣ पछिल्लो प्रविधि — मोशन डिटेक्सन, अलार्म, नाइट भिजन, दुई–तर्फी आवाज जस्ता सुविधाहरू छन् कि छैनन्, हेर्नुस्।
🔟 ग्राहक समीक्षाहरू — अरू प्रयोगकर्ताहरूको अनुभव पनि बुझ्नुस्।