08/09/2026
हामिले जस्तै घर छाडेपछि थाहा हुन्छ जन्मभूमिको माया। 🇳🇵
हामी प्रदेशमा बस्नेहरूलाई यतिबेला नेपालमा भइरहेको विपत्ति देख्दा मन निकै भारी भएको छ। देशले ठूलो जनधनको क्षति बेहोर्दै गर्दा, मान्छेदेखि पशुपन्छीसम्मको पीडा र विनाश देखेर हरेक नेपालीको मन दुखेको छ।
तर दुःखको कुरा, यही दुःख र विपत्तिको समयमा पनि पुराना दलहरू भने घटनास्थलमा १०/१२ दिनपछि पुगेर, उद्धार र राहतको नाममा आफ्ना पार्टीका चिन्ह—कसैले सूर्य, कसैले हँसिया–हथौडा, कसैले माटो अरू कुनै प्रतीक—देखाउँदै राजनीतिक प्रचारमा व्यस्त देखिन्छन्।
विपत्तिमा राजनीति होइन, मानवीयता चाहिन्छ।
पीडितको आँसुमा आफ्नो पार्टीको झण्डा खोज्ने होइन, उनीहरूको पीडा कम गर्ने हात चाहिन्छ।
अझ त्यस्ता गतिविधिलाई सही ठहर गर्दै पार्टीका झोलेहरूले दिने अभिव्यक्ति सुन्दा झन् दुःख लाग्छ।